
टीकापुर, असार ६
कैलालीको गौरीगंगा नगरपालिकामा एक १६ दिनकी सुत्केरी महिला घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन् । आज बिहान गौरीगंगा नगरपालिका वडा नं. ७ कैलाशपुरकी १९ वर्षीय तुलसी नाथ घर नजिकैको नालामा मृत अवस्थामा फेला परेको हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता नायव उपरीक्षक राजकुमार सिंहका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक महिला १६ दिनकी सुत्केरी थिइन् । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको कैलाली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १३:०५
प्रतिक्रिया दिनुहोस्