डोटीमा जिप दुर्घटनाः दुईजनाको घटनास्थमै मृत्यु आधा दर्जन घाइते

डोटी, असार ६
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो दिपायलबाट आदर्श गाउँपालिका वडा नम्बर ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिका वडा नम्बर १ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भइरहेको छ ।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १५:१२
प्रतिक्रिया दिनुहोस्