कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

टीकापुर, असार ९
कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाल प्रहरीले कटुवा पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. १२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पेस्तोलमा लाग्ने एक राउन्ड गोली समेत बरामद गरिएको छ भने दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १५:४८
प्रतिक्रिया दिनुहोस्