Hamro Patra
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

टीकापुर, असार १२
‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागु औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराका साथ आज टीकापुरमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । 

टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको समन्वय इलाका प्रहरी कार्यालय टीकापुरले गरेको थियो । दिवसका अवसरमा टीकापुर बजारमा र्याली प्रदर्शन गरिनुका साथै कोणसभा गरिएको थियो । 

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कोणसभामा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापा प्रमुख अतिथि र इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नविनराजा बुढाथोकी विशिष्ट अतिथि रहेका थिए । 

कोणसभामा प्रमुख अतिथि थापा, विशिष्ट अतिथि बुढाथोकी, सामुदायिक सेवा केन्द्र टीकापुरका अध्यक्ष हरि तिमिल्सिना, नयाँ बिहानी पुर्नस्थापना केन्द्रका वार्डेन खगेन्द्र उपाध्याय लगायतले बोलेका थिए । 

कार्यक्रमको सञ्चालन लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियन्ता कल्पेश कुँवरले गरेका थिए । कार्यक्रममा विद्यार्थी, व्यवशायी, पूर्व दुव्र्यसनी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update