Hamro Patra
साँझ ६ बजे एसईईको नतिजा प्रकाशन हुने

टीकापुर, असार १३
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केहीबेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए । 

’कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ’ उनले भने । २०८१ चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update