-1747486211.jpeg)
टीकापुर, असार १४
एसईई २०८१ मा टीकापुर नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयतर्फ ७९० जना विद्यार्थी उत्तीर्ण भएका छन । शुक्रवार साँझ सार्वजनिक भएको परिक्षाफलमा कुल १ हजार ६०९ विद्यार्थी मध्ये ७९० जना उत्तीर्ण भएका हुन । परिक्षा दिएका मध्ये ८१९ जना विद्यार्थीले पुनः मौका परिक्षा दिनुपर्नेछ ।
सामुदायिक विद्यालयतर्फ ९७१ जनाले परिक्षा दिएका थिए । जसमध्ये २८५ जना उत्तीर्ण भएका छन भने ६८६ जनाले पुनः परिक्षा दिनुपर्नेछ । त्यस्तै संस्थागत विद्यालयतर्फ भने ५०५ जना विद्यार्थी उत्तीर्ण भएका छन । संस्थागत विद्यालयका १३३ जनाले पुनः परिक्षा दिनुपर्नेछ ।
टीकापुर नगरपालिका भित्रका १२ सामुदायिक र १४ संस्थागत विद्यालयका विद्यार्थीहरुले एसईई २०८१ को परिक्षामा सहभागीता जनाएका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ ।
हेर्नुहोस तालिका