
टीकापुर, असार १५
टीकापुरबाट एसईई परिक्षा २०८१ मा ४ जिपिए प्राप्त गरेर उत्तीर्ण हुने छात्रछात्रालाई सहयोग गरेर युवा व्यवशायी दीपक रावलले आफ्नो जन्मदिन मनाएका छन ।
उनले आफ्नो जन्मदिनको अवसरमा युनाईटेड एकेडेमीबाट उत्तीर्ण हुने निखिल लोहार र गणेशबाबा इंग्लिस बोर्डिङ स्कुलबाट उत्तीर्ण हुने भावना उपाध्यायलाई नगद सहयोग गरेका छन । उनले लोहार र उपाध्यायलाई जनही ५ हजार ५०० रुपैयाँ सहयोग गरेका छन ।
उनले लोहारलाई युनाईटेड एकेडेमीमा भेटेर सहयोग गरेका छन भने उपाध्याय काठमाण्डौं रहेकाले स्कुलका प्रिन्सिपल गजेन्द्र बुढामार्फत सहयोग गरेका छन ।
उनले उत्कृष्ठ अंक हासिल गरेर एसईई उत्तीर्ण भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनको शुभकामना स्वरुप सहयोग गरेको बताए ।
उनले विगत वर्षहरुमा समेत आफ्नो जन्मदिनको अवसरमा विभिन्न संघसंस्था लगायतलाई सहयोग गरेर मनाउने गरेका छन । युवा व्यवशायी रावल नेकपा एमालेको राजनीतिमा समेत सकृय छन ।