एक वृद्ध मृत फेला

टीकापुर, असार १६
कैलालीको कैलारी गाउँपालिकामा एकजना वृद्ध मृत फेला परेका छन् । कैलारी गाउँपालिका वडा नं. ८ भगाहा गाउँका ७३ वर्षीय बाधुराम ठगौरा थारु मृत फेला परेका हुन् । उनी सोमवार खेतमा मृत फेला परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १२:१०
प्रतिक्रिया दिनुहोस्