Hamro Patra
खाल्डोमा डुबेर बालकको मृत्यु

टीकापुर, असार १८
धनगढीमा पानीको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १२ सी गाउँमा ८ वर्षीय सिद्धार्थ श्रेष्ठको पानीको खाल्डोमा डुबेर ज्यान गएको हो । 

स्थानीय राजु श्रेष्ठका छोरा शिद्धार्थ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको पनि अस्पतालले मृत घोषणा गरेको थियो । 

घर नजिकैको खाल्डोमा खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update