
टीकापुर, असार १८
देशैभरका सुनचाँदी व्यवशायीहरु विगत केहीदिन यता आन्दोलित भएका छन । सोही क्रममा कैलाली सुनचाँदी आभुषण व्यवशायी संघ उपशाखा टीकापुर र नेपाल सुनचाँदी व्यवशायी संघ शाखा कार्यालय टीकापुर अन्र्तगतका व्यवशायीहरु समेत आन्दोलनमा उत्रिएका छन ।
जिल्लाका टीकापुर, लम्की, भजनी, बौनिया, जोशीपुरका व्यवशायीहरुले आज टीकापुरमा प्रदर्शन गरेका छन । उनीहरुले विरोध र्याली प्रदर्शन गर्नुका साथै कोणसभा समेत गरेका छन ।
कोणसभामा नेपाल सुनचाँदी व्यवशायी संघ सुदूरपश्चिम अध्यक्ष रुपक सुनार, नागरिक समाजबाट भीमराम चपाँई, घोडाघोडी सुनचाँदी व्यवशायी संघ सुखडका अध्यक्ष दिनेश सोप लगायतले बोलेका थिए ।
कैलाली सुनचाँदी आभुषण व्यवशायी संघ उपशाखा टीकापुरका अध्यक्ष देवबहादुर शाहुको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन तुला शाहुले गरेका थिए ।
व्यवशायीहरुले इलाका प्रशासन कार्यालय टीकापुर अघि नारा जुलुस गर्नुका साथै केहीबेर धर्ना समेत दिएका थिए ।
सरकारले बजेट मार्फत २ प्रतिशत विलासिता कर तथा हिरा वा बहुमुल्य पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै व्यवशायीहरु आन्दोलित भएका हुन । उनीहरुले उपभोक्ता, कर्मचारी, कालिगढ, व्यवशायीमैत्री ऐन, कानून जारी गर्न सरकारसँग माग गरेका छन ।