
टीकापुर, असार १९
नियुक्ति भएको केही समयमै विवादित बनेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले आज पदमुक्त गरेका छन् ।
मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई केही दिनअघिनै राजीनामा दिन निर्देशन दिएका थिए । तर मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएका थिए ।
उनले राजीनामा नदिने भन्दै बर्खास्त गर्न चुनौति दिएका थिए । प्रदेश सभाबाट बजेट पारित भएको दोस्रो दिन मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरी कैलाली क्षेत्र नं. २ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १८:४०
प्रतिक्रिया दिनुहोस्