उन्मुक्तिले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

धनगढी, असार २०
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कैलालीको धनगढीमा शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नाउपाका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको पुष्टि गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १६:५१
प्रतिक्रिया दिनुहोस्