टीकापुरका तीन किशोर लागूऔषधसहित पक्राउ
टीकापुर, भदौ १५
कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिकाका तीन किशोर लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ३ शंकरपुरबाट अवैध लागूऔषध खैरो हिरोइन ८१० मिलिग्रामसहित सोही ठाउँका १८ वर्षिय दुई जना किशोर पक्राउ परेका छन् ।
ती दुबै किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।
यसैगरी, टीकापुर नगरपालिका वडा नं. १ समितिपुरबाट अवैध लागूऔषध खैरो हिरोइन ९१० मिलिग्रामसहित सोही ठाउँका १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ ०८:३४
प्रतिक्रिया दिनुहोस्





