Hamro Patra
बाढी पिडितका लागि टीकापुरमा राहत संकलन

टीकापुर, भदौ १५

रसुवाको भोटेकोशीहुँदै त्रिशुली नदीमा आएको बाढी पिडितका लागि टीकापुरमा राहत संकलन अभियान सुरु गरिएको छ । स्थानीयले स्वस्फूर्त रुपमा राहत संकलन अभियान सुरु गरेका हुन । उनीहरुले जानकी शाहको संयोजकत्वमा १३ सदस्यीय राहत संकलन समिति गठन गरेका छन ।

समितिको सदस्यहरुमा सरिता थापा रावल, नारायणप्रसाल ढुंगाना, आशा हमाल, विष्णु रोकाया, राजेश कठायत, लोकबहादुर बुढाक्षेत्री, अर्जुन विश्वकर्मा, निशा कडायत, नितेश रावल, आशा भण्डारी, विमला बिष्ट र कमल सुवेदी रहेका छन । समितिले आइतवारदेखी राहत संकलन अभियान थालेको छ । उनीहरुले टीकापुर बजारबाट राहत संकलन गरेका छन ।

व्यापारी व्यवशायीहरुले स्वस्फूर्त रुपमा अभियानमा साथ दिएका छन । पहिलो दिन लुगाकपडा, जुत्ता चप्पल, दाल चामल, नुन तेल, मसला, टर्च लाइट, झोला, खानेपानी, बिस्तरा, औषधी लगायतका सामान संकलन भएको समिति संयोजक जानकी शाहले जानकारी दिएकी छन । उनले राहत संकलन अभियान सोमवार समेत जारी रहने बताईन ।

समितिले टीकापुरस्थित नयाँ सार्वजनिक शौचालय नजिकैको खुला मैदानमा राहत संकलन स्थान तोकेका छन । समितिले तोकिएको स्थानमा आउन नसक्ने तर राहत उपलब्ध गराउन मन भएकाहरुको ठाउँमै पुगेर समेत राहत संकलन गर्ने जनाएको    छ । समितिले राहत सामग्री बाहेक नगद उपलब्ध गराउन चाहने व्यक्तिले सोझै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आग्रह गरेको छ ।

सो बाढीमा परेर हालसम्म ९०३ जनाको मृत्यु भैसकेको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव भेटिएको छ । बाढीमा परेर ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update