Hamro Patra
बाढी पिडितलाई खानेपानीको १ लाख ५१ हजार १११ रुपैयाँ सहयोग

टीकापुर, भदौ १५

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आज बाढीपिडितलाई राहत उपलब्ध गराउन भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गरेको छ ।

संस्थाले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा १ लाख ५१ हजार १११ रुपैयाँ राहत रकम जम्मा गरेको छ । संस्थाको आज बसेको कार्य समिति बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार कोषको खातामा रकम जम्मा गरिएको संस्थाका अध्यक्ष खडक धामीले जानकारी दिए । उनले विनाशकारी बाढीले विभिन्न जिल्लामा ठूलो मात्रामा धनजनको क्षति पुर्याए पछि सरकारको तर्फबाट भैरहेको उद्दार र पुर्नस्थापनाको काममा सहज होस भनेर संस्थाको तर्फबाट सानो सहयोग गरेको बताए ।

बाढीका कारण सयौं घरपरिवार घरबार बिहिन भएका छन । कैयौंले आफन्त गुमाएका छन भने कतिपयका आफन्त बेपत्ता अवस्थामा छन । कतिपय व्यक्ति बाढीका कारण घाईते समेत भएका छन । अहिलेसम्मकै सबैभन्दा ठूलो प्रकोप भएकाले देशभरीबाट भैरहेको सहयोग संकलन अभियानमा सहभागिता जनाएको संस्थाका सचिव प्रकाश खड्काले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update