Hamro Patra
राष्ट्रिय मानवअधिकार आयोग र सञ्चारकर्मीबीच छलफल

टीकापुर, कात्तिक १४
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोली र टीकापुरस्थित सञ्चारकर्मीहरुबीच छलफल भएको छ । टीकापुरमा भएको छलफलमा क्रममा आयोगका सहसचिव प्रकाश भट्टले सञ्चारकर्मी मानव अधिकार रक्षक रहेको बताए ।

भट्टले सञ्चारकर्मीहरुले मानव अधिकारका विभिन्न क्षेत्रका मुद्दा तथा विषयवस्तुहरु उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताए । 

‘मानव अधिकारका विषयसहित स्थानीय तहहरु, विभिन्न निकायले सम्पादन गर्ने काम कारवाहीबारे समेत मानव अधिकारका दृष्टिकोणबाट समाचारहरु आउने अपेक्षा गरेका छौं’ सहसचिव भट्टले भने ‘पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिकको अवस्था, मानव अधिकार आयोगका आदेशहरुका कार्यान्वयनको अवस्थाबारे समेत कलम चलाई दिनुहुनेछ भन्ने विश्वास गरेका छौं ।’

सञ्चारकर्मीहरुले यस क्षेत्रमा भइरहेका गतिविधि, कानुनको कार्यान्वयनका समस्या र चुनौतिहरुबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update