Hamro Patra
लागुऔषधसहित तीन जना पक्राउ

टीकापुर, कात्तिक १४
कैलालीमा लागुऔषध कारोबार तथा सेवनविरुद्ध प्रहरीले चलाएको कारबाहीका क्रममा दुई छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ र प्रतिबन्धित औषधि बरामद गरेको छ ।

जिल्लाको भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटबाट शुक्रबार १ ग्राम ५० मिलिग्राम खैरो हेरोइन, प्रोक्सिओह्मस्पास नामक २८ क्याप्सुल र एन–१० नामक २८ ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन् । 

प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो । पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ५ का २२ वर्षीय रोशन सार्की रहेका छन् । अर्का पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन ।

यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं. ४ चटकपुरबाट १२७ मिलिग्राम ब्राउन सुगरसहित डोटीको जोरायल गाउँपालिका वडा नं. २ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार शङ्का लागेर जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update