टीकापुर, कात्तिक २६
नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवं महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेस सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
लम्कीस्थित विपी स्मृति भवनमा पत्रकार सम्मेलनमार्पmत रावलले १५औं महाधिवेशन अन्तर्गत हुने प्रदेश अधिवेशनमा प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै काँग्रेस नेता रावलले पार्टीका सबै पक्षलाई एकताबद्ध बनाएर पार्टीलाई बलियो बनाउन उम्मेदवारी दिएको बताए ।
'मैले पार्टीका सबै साथीहरुसँग सल्लाह गरेर प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेको छु' रावलले भने 'पार्टीका सबै पक्षलाई एकताबद्ध बनाएर संगठनलाई बलियो बनाउने मेरो उद्देश्य रहेको छ ।'
रावलले सुदूरपश्चिमका सबै जिल्ला भ्रमणमा जाने तयारी गरेको बताएका छन् । काँग्रेस केन्द्रिय समितिले जिल्ला र प्रदेश समितिको अधिवेशन मिति भने तय गरेको छै्रन । यद्यपि नेता कार्यकर्ताहरु जिल्ला र प्रदेश समितिको नेतृत्वका लागि दौडधुपमा लागेका छन् ।





