सुर्खेत कारागारमा १९ वर्षीय कैदीको मृत्यु
सुर्खेत, मंसिर ४
सुर्खेत कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन् ।
दैलखको गुराँस गाउँपालिका वडा नं. ४ की उनी कारागारको ५ नम्बर कोठामा बस्दै आएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३ १३:५८
प्रतिक्रिया दिनुहोस्





