टीकापुर, मंसिर ५
कैलालीका विभिन्न ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जानकी गाउँपालिका वडा नं. ७ जवलपुरबाट अवैध लागूऔषध खैरो हिरोइन १ ग्राम ५८० मिलिग्रामसहित सोही गाउँपालिका वडा नं. २ का ३० वर्षीय रमेश मगर र लम्कीचुहा नगरपालिका वडा नं. १ का २६ वर्षीय कमल चौधरी पक्राउ परेका छन् ।
यी दुबै जनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति पैदल हिडिरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ भरुवाबाट अवैध लागूऔषध खैरो हिरोइन २ ग्राम ४८० मिलिग्रामसहित सोही ठाउँका ३० वर्षीय हिमाल खत्री पक्राउ परेका हुन् । खत्रीलाई इलाका प्रहरी कार्यालय लम्कीको प्रहरी टोलीले शुक्रबार साँझ पैदल हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।





