टीकापुर, मंसिर ६
टीकापुर नगरपालिका वडा नं. २ का वडा सदस्य खम्मबहादुर ठकुल्लाको शोकमा पालिका सोमवार बन्द रहने भएको छ ।
पालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले एक विज्ञप्ति जारी गर्दै वडा सदस्य ठकुल्लाको निधनमा शोक विदा दिएकाले पालिका सोमवार बन्द रहने भएको हो ।
सूचनामा सोमवार टीकापुर नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा शोक विदा दिने निर्णय भएको उल्लेख छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित रहेका ठकुल्लाको डाइलासिसका क्रममा वीर अस्पताल काठमाडौंमा निधन भएको हो ।
अछामको बान्नीगढी जयजढ गाउँपालिका वडा नं. ३ बेलपाटामा वि.सं. २०२२ पौष १५ गते जन्मिएका ठकुल्लाको ६२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित ठकुल्लाको मंसिर ७ गते कर्णाली नदीको सनकट्टी घाटमा अन्तिम संस्कार गरिनेछ ।






