रहेनन् वडा नं. २ का सदस्य ठकुल्ला
टीकापुर, मंसिर ६
टीकापुर नगरपालिका वडा नं. २ का वडा सदस्य खम्मबहादुर ठकुल्लाको निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित रहेका ठकुल्लाको डाइलासिसका क्रममा वीर अस्पताल काठमाडौंमा निधन भएको हो ।
अछामको बान्नीगढी जयजढ गाउँपालिका वडा नं. ३ बेलपाटामा वि.सं. २०२२ पौष १५ गते जन्मिएका ठकुल्लाको ६२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित ठकुल्ला दौड खेलका खेलाडी समेत हुन् । उनले लामो समय टीकापुरमा रेडिमेड कपडाको व्यापार गर्दै आएका थिए ।
पारिवारिक श्रोतका अनुसार तीन छोरा र पाँच छोरीका बुबा रहेका ठकुल्लाको मंसिर ७ गते कर्णाली नदीको सनकट्टी घाटमा अन्तिम संस्कार गरिनेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३ १३:३२
प्रतिक्रिया दिनुहोस्





