Hamro Patra
पोसाक दुरुपयोग गरी टिकटक बनाउने युवक पक्राउ

टीकापुर, मंसिर ४
सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नं. ४ गर्भादरबार घर भई हाल धनगढी उपमहानगरपालिका वडा नं. १ त्रिवेणीचोक बस्ने २१ वर्षीय दिनेश धामी रहेका छन् । उनले गत मंसिर १ गते सशस्त्र प्रहरीको पोसाक लगाएर भिडियो बनाई टिकटकमा राखेका थिए ।   

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धामीलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update