करेन्ट लागेर माछा मार्दा गयो ज्यान
टीकापुर, बैशाख २४
कैलालीमा करेन्ट लागेर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ९ का युवकको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका ९ मसुरिया बस्ने २७ वर्षीय जंगबहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही नगरपालिका ११ चुट्कीस्थित लिक्मा नदीमा विद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बडैपुरस्थित एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँग माछा मार्न गएका अन्य ५ जनालाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८ १४:०५
प्रतिक्रिया दिनुहोस्


