टीकापुर, जेठ १४
नेकपा एमालेको विवादका बिच सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।
एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका प्रकाशबहादुर शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूणर्ा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।
तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइएको थियो । तर, उनले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गरेका छन् । नेकपा एमालेका नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कणर् थापाले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउँदै स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण दिएकै दिन एमालेको माधव नेपाल पक्षधरहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।


