Hamro Patra
विप्लबले पदमुक्त गरे दुई नेतालाई

टीकापुर, बैशाख १४
नेकपाले नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेको छ । महासचिव विप्लबले आज एक प्रेस विज्ञप्ती जारी गरी नेताद्वयले फुटपरस्त गतिविधि गरेको आरोप लगाएर पदमुक्त गरेको जनाएका छन ।

विज्ञप्तीमा उनीहरुलाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेला समेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’

‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update