Hamro Patra
जिसस निर्वाचनमा मोहन्यालका अध्यक्षलाई सहभागि नगराउन निवेदन

टीकापुर, जेठ २९

कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ।

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचिमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका हुन् । जेठ २७ गते अध्यक्ष उपाध्यायलाई निर्वाचन अधिकृतको कार्यालयमा मतदान प्रक्रियामा सहभागी नगराउन निवेदन पेस गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ । उनको नाम मतदाताको नामावलीबाट हटाउन माथ गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो ।

कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन सोमबार हुँदैछ। सत्ता गठबन्धनमै रहेको कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् । सत्ता गठबन्धनको १३ र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत गरेको छ । १३ मतमा निलम्बित गाउँपालिका अध्यक्ष समेत पर्छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update