Hamro Patra
जिसस कैलालीमा प्रमुखमा कलेल विजयी

२०७९ जेठ ३०

जिल्ला समन्वय समिति कैलालीमा सत्त गठबन्धन विजयी भएका छ। समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्। उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए।

उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए।

कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए। गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमालले पनि सहयोग गरेका थिए।

यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो। भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन्।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update