प्रदेशबाट के के पर्यो टीकापुरमा बजेट ?
टीकापुर, असार १
सुदूरपश्चिम प्रदेश सरकारद्धारा पेश भएको आर्थिक वर्ष २०७९/०८० को बजेट बुधवार सार्वजनिक गरेको छ । उक्त बजेटमा मुख्य रुपमा टीकापुर क्षेत्रमा परेको बजेटलाई हामीले बुँदागत रुपमा राखेका छौं ।
- टीकापर अस्पतालको चिकित्सकीय आवास भवन निर्माणका लागि रू. २ करोड ५० लाख ।
- सेती, महाकाली र टीकापुर अस्पतालमा हेमोफिलिया, सिकलसेल एनिमिया, थालासेमिया जस्ता रोगको उपचारको लागि निःशल्ुक परीक्षण र औषधी उपलब्ध गराउने साथै समुदायस्तरमा नै सिकलसेल एनिमियाको जाँच तथा परीक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गरेको छु ।
- मृगौला पिडित बिरामीको लागि सेती प्रादेशिक अस्पतालमा १० शैय्या, महाकाली प्रादेशिक अस्पतालमा ५ शैय्या र टीकापुर अस्पतालमा ३ शैय्या डायलाइसिस सेवा सञ्चालन गरिनेछ ।
- कञ्चनपुरको भिमदत्त नगरपालिकामा बहुउद्देस्यीय कभर्ड हल, कैलालीको टीकापुरमा खेलकुद प्रतिष्ठान र डडेल्धुरामा कभर्ड हल निर्माण गर्न रु. ११ करोड विनियोजन गरेको छु ।
- आगामी आर्थिक वर्षमा कैलालीको रामपुर, टीकापुर, लम्की, बर्दगोरिया, जोशीपुर, भजनी, सख्ुखड, डोटीको पूर्वी चौकी, लडागडा, अछामको ढुङ्गाचाल्ना, सान्तडा, मेल्लेख, बारला, कमलबजार, दार्चुलाको लेकम, टिङ्कर, कञ्चनपुरको रैकवारविचवा, कृष्णपुर, डडेल्धुराको अजयमेरु प्रहरी चौकीको भवन निर्माण तथा सुधारको कार्य शुरु गर्न रू. ६ करोड ७५ लाख विनियोजन गरेको छु ।
- सीमा सुक्षार्थ कैलालीको फुलवारी, खक्रौला र कञ्चनपुरको पुर्नवासमा स्थापना गरिएका सीमा सरुक्षा पोष्ट (बिओपी) को भौतिक पूर्वाधार सुधारका लागि रू. ६० लाख र सशस्त्र प्रहरी बल नेपालको ३४ नं. गण धनगढीको बहउुद्देश्यीय भवन निर्माण लागि रू. ४० लाख गरी कुल रू. १ करोड विनियोजन गरेको छु ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ २०:०६
प्रतिक्रिया दिनुहोस्



