Hamro Patra
वडाध्यक्ष मृत फेला

टीकापुर, असार ४

जाजरकोट जिल्लाको कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन्। वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती शनिवार मृत भेटिएका हुन्।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती शनिबार बिहान मृत अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए।

आफन्तका अनुसार उनी खासै बिरामी थिएनन्। शुक्रबार बेलुका टाउको दुखेको छ भनेर खाना खाएर सुतेका थिए। बिहान किन उठेनन् भनेर कोठामा हेर्न जाँदा उनको मृत्यु भैसकेको थियो।

मृत्युको कारण खुल्न नसकेपनि हृदयघातका कारण उनको मृत्यु भएको आशंका गरिएको छ।

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update