Hamro Patra
ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

टीकापुर, असार ९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार नेताले पार्टी परित्याग गरेका छन् । पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले पार्टी परित्याग गरेका । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै विप्लवको साथ छाडेका घोषणा गरेका हुन ।

पार्टी छाड्ने पुन पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज हुन् भने खड्का सेती ब्युरो इन्चार्ज धामी महाकाली इन्चार्ज हुन् भने परियार दार्चुला र कञ्चनपुर इन्चार्ज हुन्। उनीहरुले एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान पनि गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निणर्यमा पुगेका छौं। नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निणर्य गरेका छौं।’

स्रोतका अनुसार उनीहरु माओवादी प्रवेश गर्ने तयारीमा छन्। तर, पुनले भने माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको दाबी गरे।

यसअघि विप्लवको साथ छाडेर गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले नेकपा ९बहुमत० गठन गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update