५० वर्षभन्दा पुरानो सडक
टीकापुर नगरपालिकाको पुरानो सडकको स्तरोन्नतीको काम सुरु भएको छ । वडा नं. २ को कार्यालयले झण्डै ५० वर्षभन्दा पुरानो सडक स्तरोन्नतीको काम थालेको हो ।
स्थानीयका अनुसार यो सडक २०२१ सालमा निर्माण गरिएको हो । तत्कालिन समयमा ब्यापारिक केन्द्र रहेको सत्तीबाट कटासे बजारसम्म आवतजावतका लागि यही सडक प्रयोग हुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी