Hamro Patra
लागु औषध खैरो हिरोईन सहित दुई पक्राउ 
Tikapur Hospital

टीकापुर, असार २६
कैलालीको टीकापुरबाट खैरो हिरोईन सहित दुई युवक पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरुलाई टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौलाबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका वडा नम्बर २ का १९ वर्षका किशोर चौधरी र अर्का १८ वर्षका युवक रहेका छन । उनीहरुको साथबाट नौ सय मिलिग्राम लागु औषध खैरो हिराईन बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार उनीहरु खक्रौलास्थित प्रहरी चेकपोष्टबाट हिँडिरहेको बेला शंका लागेर चेकजाँच गर्दा खैरो हिरोईन बरामद भएको हो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update