खैरो हेरोइनसहित तीन जना पक्राउ
टीकापुर, मंसिर २
कैलालीको टीकापुरबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ एकतानगरस्थित सुरेश विश्वकर्माको घरबाट प्रहरीले ४४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।
मंगलबार राति लागूऔषध सेवन भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो ।
प्रहरीले घरधनी २५ वर्षीय सुरेश विश्वकर्मासहित सोही ठाउँका २६ वर्षीय विशाल बिक र २२ वर्षीय वीरेन्द्र बिकलाई पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३ १३:१४
प्रतिक्रिया दिनुहोस्





