खप्तड गोल्डकप सुदूरपश्चिमको कब्जामा
                        
                        
                                                
                                             
                                                                    धनगढी, फागुन २०
 अघिल्लो सिजनको उपविजेता थ्रीस्टार क्लबलाई १–० ले स्तब्ध पार्दै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले खप्तड गोल्डकपको उपाधी कब्जा गरेको छ ।
धनगढी रंगशालास्थित घरेलु मैदानमा भएको फाइनल खेलमा मोफसलकै सर्वाधिक धनराशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम–११ ले कब्जा गरेको हो ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिमको जितमा विक्रम सिंह ठकुरीले एक गोल गर्दै टिमलाई उपाधी दिलाए ।
उपाधिसँगै आयोजक टीमले २१ लाख १ रुपँैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको थ्री स्टारले १० लाख १ रुपैयाँ प्राप्त गरेको छ ।
खेलमा पहिलो पटक विजेता बनेकोमा खुशी व्यक्त गर्दै सुदूरपश्चिमका टिम कप्तान गजेन्द्र शाहीले सबै खेलाडीको मेहनतले नतिजा हात लागेको हाम्रोपत्र डटकमलाई बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १८:०३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    