Hamro Patra
लागूऔषध मुद्दामा फरार टीकापुरका एक युवक पक्राउ

टीकापुर, मंसिर ३
लागूऔषध मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको टीकापुर नगरपालिका वडा नं. १ बनगाँउका ३३ वर्षीय सुरज पुनमगर पक्राउ परेका हुन् । 

मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update