 
                                                                    टीकापुर, असोज ९
टीकापुर जेसीजको साप्ताहिक कार्यक्रम अन्र्तगत आज पाँचौ दिन स्वास्थ्यका लागि दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा एकेन्द्र विक पहिलो, पारस सोनी दोस्रो र रञ्जित चौधरी तेस्रो भएका छन ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकरबहादुर बिष्टले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बिष्टले जेसीजले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउन सहयोग गर्ने गरेको बताए । उनले युवाका माध्यमबाट जेसीजले समाजमा थुप्रै रचनात्मक काम गर्दै आएकाले परिणाम राम्रो हुने गरेको बताए ।
उनले सरकारले दिएको निर्देशनको पालना गर्दै सचेततापूर्वक कोभिड–१९ को सामना गर्न सबै तयार हुनुपर्ने बताए । सो अवसरमा टीकापुर जेसीजका पूर्वअध्यक्ष नवराज रावलले जेसीजले समाजमा खेलेको भूमिकाको प्रशंसा गरे ।
साप्ताहिक कार्यक्रम अन्र्तगत पाँचौ दिनको स्वास्थ्यलागि दौड प्रतियोगिताका संयोजक रुपकबहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रममा शाखाका कार्यकारिणी उपाध्यक्ष मंगल साउँदले स्वागत मन्तव्य, शाखाका अध्यक्ष जेसी तपेन्द्र स्वाँरले धन्यवाद मन्तव्य राखेका थिए भने धिरेन्द्र कुँवरले जेसीज आस्था पाठ गरेका थिए ।
प्रतियोगीहरुलाई खड्गचोकबाट अस्पताल लाइन हुँदै ब्लक नं. ए को झण्डै २ किलोमिटर रिङरोड दौडाइएको थियो । दौडमा २९ जनाको सहभागिता रहेको थियो ।
असोज ५ गतेबाट सुरु भएको साप्ताहिक कार्यक्रम अन्र्तगत यसअघि चारवटा कार्यक्रम सम्पन्न भैसकेका छन । साप्ताहिक कार्यक्रमको पहिलो दिन लक्ष्मण थापाको संयोजकत्वमा वृक्षारोपण, दोस्रो दिन धिरेन्द्र कुँवरको संयोजकत्वमा लागु औषध विरुद्ध सचेतना, तेस्रो दिन कृष्णा चौधरीको संयोजकत्वमा पर्यटन प्रवद्र्धनका लागि डल्फिन क्षेत्र अवलोकन र चौथो दिन डिल्लीप्रसाद जैशीको संयोजकत्वमा जीवन रक्षाका लागि रक्तदान कार्यक्रम सम्पन्न भैसकेका छन ।
असोज ११ गते समापन हुने साप्ताहिक कार्यक्रममा १० गते भक्तराज देवकोटाको संयोजकत्वमा टीकापुरको विकासका लागि विचार गोष्ठी र कमलराज सुवेदीको संयोजकत्वमा समापन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना हुने टीकापुर जेसीजका महासचिव पृथ्वीराज ढुंगानाले जानकारी दिए ।

 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    