Hamro Patra
गएराति समेत चितुवाको आक्रमणबाट बाख्रा घाइतेः २६ कुखुरा मरे
गएराति समेत चितुवाको आक्रमणबाट बाख्रा घाइतेः २६ कुखुरा मरे चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा गरी एकै सातामा स्थानीयका २२ बाख्रा मारेको छ भने केही बाख्राहरु घाइते भएका छन् । त्यत्तिकै संख्यामा कुखुरा र कुकुर समेत मारेको स्थानीयहरु बताउँछन् । 
सुदूरपश्चिममा आजैबाट कर संकलन सुरु गर्ने तयारी
सुदूरपश्चिममा आजैबाट कर संकलन सुरु गर्ने तयारी आज सरकारले अध्यादेश ल्याएसँगै कर सङ्कलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले  जानकारी दिए । उनका अनुसार  प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पुराइने छ।  अध्यादेश प्रमाणीकरण पछि  राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरु गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।
बाख्रा मारिएको घटना बुझ्न वन कार्यालयको टोली टीकापुरमा
बाख्रा मारिएको घटना बुझ्न वन कार्यालयको टोली टीकापुरमा छलफलमा उपस्थित डिभिजन वन कार्यालय पहलवानपुरका डिएफओ ठाकुरले खोज तथा उद्धार टोलीका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आवश्यक समन्वय भैरहेको बताए । उनले तत्काल टोली टीकापुर पुग्ने जानकारी दिए । ‘हामीले जतिसक्दो चाँडै भनेका छौं’ उनले भने–‘आजभोलि भित्रै टोली पुग्छ ।’ उनले टोलीले घटनास्थल र घटनाको प्रकृतिका बारेमा अध्ययन गर्ने...
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा रातिको समयमा घरमै पुगेर आक्रमण गरिरहेको जंगली जनावरलाई नियन्त्रण लिनका लागि सम्बन्धित निकायसँग छलफल गर्न टोली टीकापुर पुगेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले २०७४ सालदेखी नै सम्बन्धनका लागि प्रक्रिया सुरु गरेका डेढ सय बढी क्याम्पस मध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिएको बताए । ‘सुदूरपश्चिममा रहेका १६ वटा आंगिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालयलाई व्यापक बनाउन सम्बन्धन दिएका हौं ।’
Weather Update